सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

थाईल्याण्ड उड्नुअघि चुनावबारे के भने ओलीले

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताएका छन् । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि चुनाव गर्ने विकल्पबारे छलफल गरिरहेका बेला एमालेले बैशाख ३१ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न हुनु पर्ने बताएको हो ।

स्वास्थ्य उपचारका लागि शनिबार बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले चिकित्सकहरुको सल्लाह अनुसार नै आफू बैंकक जान लागेको बताएका छन ।

अध्यक्ष ओलीले किड्नी प्रत्यारोपणपछि बैंककमा गएर यसको नियमित उपचार गराउँदै आएका छन् । यसअघि माओवादी केन्द्रका नेता बर्षमान पुनले एमाले नेताहरुले नै चुनाव सार्न प्रस्ताव गरेको दाबी गरेका थिए ।

खासमा सत्ताधारी दल कांग्रेस र माओवादी केन्द्र स्थानीय तहको चुनावको मिति सार्ने पक्षमा छन । चुनाव दुई चरणमा गर्ने सरकारबादी दलहरुको भनाईहरु आईरहेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्