सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एकपल्ट हल्लाइदिने हो भने माओवादी सकिन्छः ओली

सिरहाका माओवादी कार्यकर्ता गणेश अधिकारी र वैद्य समूहका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष केपि शर्मा ओलीले माओवादी अब केन्द्र मात्रै रहेको र अरु सबै सकिसकेको बताएका छन । ओलीले माओवादीलाई जरा सुक्दै गएको रुखको उपमा दिएका छन ।

अध्यक्ष ओलीले माओवादी पार्टी भित्र अब जिवन भन्ने चिज सकिएको भन्दै उनले पातहरु विस्तारै झर्दै जान थालेको टिप्पणी गरेका छन । माओवादीमा २०५५ सालदेखी एउटै नेताको जमिन्दारी प्रवृति चल्ने गरेको बताउँदै अध्यक्ष ओलीले पार्टी प्रवेश गर्ने कार्यकर्ताहरुप्रति एमालेमा नेतृत्व गर्ने अवसरको ढोका सदैव खुला रहने बताएका थिए ।

माओवादी छाडेर एमालेमा आएका प्रवेश गरेका माओवादी कार्यकर्तालाई ओलीले भने–‘त्यहाँ आजीवन एउटै नेता हुन्छन, पीए पनि आफ्नैलाई बनाउँछन, उम्मेद्वार पनि आफ्नैलाई बनाउँछन, तपाईहरु अहिलेसम्म कसरी बस्नुभयो होला ? एमालेमा त यस्तो जमिन्दारी चल्दैन ।’

‘अब माओवादीमा जे छ, केन्द्र मात्रै छ, अरु केही पनि बाँकी छैन, माओवादी केन्द्र !’ विहीबार धुम्बाराहीस्थित पार्टी मुख्यालयमा माओवादी कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले भने–‘तपाईहरुले अलिकति हल्लाइदिनुभयो, अब एकपल्ट हल्लाइदिने हो भने माओवादी सकिन्छ ।’

पार्टी प्रवेश कार्यक्रममा केपी ओलीले निकै लामो प्रशिक्षणात्मक मन्तव्य दिएका थिए । उनले कांग्रेसले ल्याएको निजीकरणको विरोध गर्नुका साथै तराई मधेसको विकासमा जोड दिनुपर्ने बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS