सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रवी लामिछानेलाई भेटे कांग्रेस नेता दिलेन्द्रले

पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछानेको समर्थनमा उत्रिएका समूहको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको छ ।

चितवन जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँस समेत प्रहार गरी भीड तितरवितर बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेट गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताएका छन् । रबिले पनि निश्पक्ष छानबिनमा सघाउन तयार रहेको बताएको उनले जानकारी दिएका छन् ।

Rabi Lamichhane

बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति र्पुयाएका छन् । शुक्रबार साँझ पनि भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

रवी लामिछानेसहित पुडासैनी आत्मह*त्या प्रकरणमा पक्राउ परेका पत्रकार युवराज कँडेल र रुकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्