सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नेपाल सिध्याएर तीव्वत छिर्ने पुरानो अमेरिकी योजना

नेपाल सिध्याएर चीनको स्वशासीत क्षेत्र तिब्बतमा आफनो झण्डा गाड्ने अमेरिकाको पुरानो योजना भएको एमालेका कार्यबाहक अध्यक्ष वामदेव गौतमले खुलासा गरेका छन । गौतमले त्यसको प्रतिबिम्व पहिलो संविधानसभामा परेको पनि दावी गरेका छन ।

गौतमले भनेका छन–‘पहिलो संविधानसभामा जाती, भाषा, संस्कृतिका नाममा, क्षेत्रका नाममा एक अर्कोमा लडाइयो, यो कुनै नयाँं कुरा नभएर अमेरिकाको पुरानै योजना अनुसार भएको हो ।’ ललीतपुरमा पार्टीको चुनावी सभालाई सम्बाधन गर्दै कार्यबाहक उपाध्यक्ष गौतमले यस्तो बताएका हुन ।

यसलाई पुष्टि गर्दै उनले भने–‘चालिस बर्ष अघि पीसकोरका नाममा नेपाल आएका एक अमेरिकनले पहिलो संविधानसभामा भएको जातीय लडाईलाई आफुले चालिस बर्ष अघि अमेरिकन सरकारलाई बुझाएको सुझाव अनुसारको बाटोमा नेपाल आएको भनी अन्तरवार्ता दिएका थिए ।’

गौतमले ती अमेरिकनले दिएको अन्र्तवार्तामा ‘आफुले चालिस बर्ष अघि दिएको सुझाव कार्यान्वयन गरेको भए अहिले नेपाल नरहने चीनमा कम्युनिष्ट शासन समाप्त हुने र तिब्बतमा अमेरिकन झण्डा फहरिने’ उल्लेख गरेको गौतमले बताएका छन ।

संविधानमा सबै बिषय जातीय आधारमा बनाउन खोजेको भए पनि जातीय राज्य हुनबाट एमालेले रोकेको गौतमले बताएका छन । नेपालमा संविधान जारी भएपछि भारतले नाकावन्दी लगाएको र मधेशी मोर्चाका नेताहरु नाकामा गएर नाचागान गरेर उफ्रिएको उनले बताए ।

संविधानसभाबाट संविधान जारी हुन नदिन बिभिन्न शक्ति केन्द्रले तत्कालिन राष्ट्रपतिलाई समेत घेरावन्दीमा पारेको उनले बताएका छन । त्यहि घेरावन्दीमा परेर यादवले संविधानमा हस्ताक्षर गर्दिन भनेपछि संविधानसभाले प्रस्ताव नै पारित गरेर तत्कालीन राष्ट्रपतिबाट जारी हुने निर्णय गरेको दावी गौतमले गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्