जापानले प्रतिव्यक्ति १ लाख येन दिने प्रतिवद्धता
कोरोना भाइरसका कारण आर्थिक भार बढेको भन्दै जापान सरकारले प्रतिव्यक्ति १० मान येन दिने भएको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेले प्रति व्यक्ति १,००,००० येन दिने भन्ने प्रस्तावलाई सम्बोधन गर्ने बताइएको छ ।
बुधवार संसदको राष्ट्रिय विधायिकाका अध्यक्ष यामागुचीले गरेको प्रस्तावलाई सम्बोधन गर्ने गरी प्रधानमन्त्री आबेले सत्ताधारी एलडिपिको कार्यकारीहरुको बैठकमा बजेटमा समेट्ने बताएका छन् ।
प्रधानमन्त्री आबेले पुरक बजेटमा हरेक व्यक्तिलाई १० मान येन नगद उपलब्ध गराउन पुरक बजेटलाई पुन संशोधन गरिने बताएको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।
प्रधानमन्त्री आबेले कोरोना भाइरसको संक्रमणका कारण सबैमा आर्थिक भार बढेको उल्लेख गर्दै प्रतिव्यक्ति १० मान उपलब्ध गराउने प्रतिवद्धता जनाएको समाचारमा बताइएको छ ।
जापानमा हालसम्म कोरोना भाईरसबाट ८ हजार ६ सय २६ जना संक्रमित भइसकेका छन् भने १ सय ७८ जनाको मृत्यु भइसकेको छ । यो समाचार तयार पार्दासम्म टोकियोमा मात्रै २५८५ जनामा कोरोना संक्रमण देखा परिसकेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्