सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गण्डक नहर भत्काउन थालेपछी झुक्यो भारत

गण्डक नहरका कारण डुबानमा परेको भन्दै बाँध भत्काउन गएका सुस्ताबासीलाई नेपालको स्थानीय प्रशासनले रोकेको छ । नेपाल र भारतका अधिकारीहरुबीच डुबान पीडितलाई क्षतिपूर्ति दिने सहमति भएपछी स्थानीयले नहर भत्काउन रोकेका छन ।

हालै आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ पुर्ण रुपमा डुबानमा परेको थियो । सुस्ताबासी गाउँमा जम्मा भएको पानीको निकास दिन भन्दै फलामे पुल नजिकै रहेको गण्डक नहरको बाँध भत्काउन सुरु गरेका थिए ।

झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८र१० मिटर लामो र झण्डै एक मिटर गहिरो कुलो समेत खनिसकेका थिए तर नहरमा पानी खसाउने तयारी गरिरहेका बेला स्थानीय प्रशासनले रोकेको थियो ।

स्थानीयबासी बाँध भत्काउन पुगेको कुरा नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्वीकार गरेका छन । गण्डक जलविद्युत आयोजनाका लागि पानी ल्याउन नहर बनाइएको छ । विद्युत उत्पादनपछि यो पानीलाई भारतले सिंचाईका लागि लैजाने गरेको छ ।

सुस्ताबासीले नहरका लागि बनेको बाँधले सुस्ता डुवानमा परेको बताउँदै आएका छन् । बिहीबार स्थानीयले नहरको बाँध नै भत्काउन खोजेपछि बसेको नेपाल र भारतका अधिकारीहरुको बैठकमा तीन दिनभित्र समस्या समाधान गर्न भारतीय पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी रानामगरले बताएका छन ।

भारतीय पक्षले डुबानका कारण भएको क्षतिको क्षतिपूर्ति उपलव्ध गराउने, नहर सफा गर्ने र नहरको पानीलाई अण्डरग्राउण्ड गरेर लैजाने सहमति जनाएको छ । सुस्ताबासीले तीन दिनमा सहमतीमा पालना नभए आफुहरुले नहर भत्काएरै छाड्ने चेतावनी दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्