सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

ओलिले बोलाए सर्बदलिय बैठक बालुवाटारमा

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई सर्वदलीय बैठक आह्वान गरेका छन् । दलहरूबीच केही समयदेखि सर्बदलिय बैठक बस्न नसेकेको अवस्थामा प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक डाकेका हुन् ।

बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् ।

समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउनको लागि बैठक आह्वान गरियको बताइएको छ । मिर्गौला रोग बाट पीडित प्रधानमन्त्री ओली १२ बर्ष अगाडि मिर्गौला प्रत्यारोपण गराएका थिय । प्रधानमन्त्री ओली पछील्लो हप्ता मात्रै सिङ्गापुरबाट स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जान लागेका हुन ।

आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उनले आफ्नो स्वास्थ्यको बारेमा केही जानकारी गरायनन । प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । ओलीले आजको सर्वदलीय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउन्ने अपेक्षा छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्