सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चीनको डरले कालापानीमा सक्रिय बन्यो भारतीय सेना

नेपाल भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको कालापानीमा भारतीय सैनिकले आफ्नो गतिबिधि बढाएको छ । पछिल्लो केहिदिन यता भारतीय सेनाले बिबादास्पद कालापानीमा सैनिक गतिबिधि बढाएपछि स्थानीयमा त्रास फैलिएको छ ।

चीनले विवादास्पद कालापानी र कस्मिरमा चिनिया सैनिकको उपस्थिति बढाउने चर्चा भई रहेका बेला भारतीय पक्षले आफ्नो उपस्थिति र सकृयता बढाएको हो ।

भारतको धारचुलामा रहेको गोर्खा रेजिमेन्टको ब्यारेकबाट भारतीय सेनाको हेलोकप्टरबाट दैनिक जसो सैनिक ओसार्ने गरेको स्रोतले बताएको छ ।

भारतीय दैनिक पत्रिका नव भारत टाईम्सले पनि दोक्लाम बिबादपछि भारतले चीनसंग सीमा जोडिएका क्षेत्रमा सैनिकको संख्या बढाएको पुष्टि गरेको छ ।

चिनिया सैनिकले गरेको गतिबिधि देखेर भारतले एक हजार चार सय किलोमिटर लामो चीन भारत सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको हो । सन १९६२ मा चीन र भारत बीच युद्ध भएको थियो । सो युद्धमा भारतले ठूलो क्षति समेत बेहोर्नु परेको थियो ।

त्यस्तै नेपाली पक्षबाट पनि पटक पटक कालापानी छोड जस्ता अभियान र चर्का जुलुस गरी केन्द्रकै टोली जिल्ला सदरमुकाम खलंगा आउनेहरुलाई भारतीय सेनाले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत बर्ष चीन भ्रमणमा गएको वेलामा कालापानीलाई दुई देशको व्यापारिक नाका बनाउने सहमति गरेपछि नेपालमा त्यसको बिरोध हुँदै आएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्