सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रामशरण महत चढेको गाडी एम्बुसमा पर्यो

नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । नुवाकोट क्षेत्र नम्बर दुईका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उनका तीन कार्यकर्ता घाईते भएका छन् । नेता महत भने सकुशल छ ।

मत माग्न जाने क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो । घाइते हुनेहरुमा उपेन्द्र मिश्र र भेषकुमार तामाङ रहेका छन । अर्का एक जनाको परिचय खुलेको छैन ।

महत चढेको बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको हो । घाईतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । घटना बारे थप जानकारी आउन बाँकी रहेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्