सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

रौतहतमा बिस्फोटमा ८ घाईते, निशानामा रामचन्द्र

रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् । वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो ।

बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन । यसैगरी लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई तथा यमुना काफ्ले घाइते भएका छन् ।

घाइते मध्ये गोपाल विक र यमुना काफ्लेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी ६ जनालाई थप उपचारको लागि भरतपुर पठाइएको छ । विष्फोटका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता तनहुँको भानु १० नेपाल डाँडामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी प्रेसर कुकुर बम प्रहार भएको छ । वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए ।

करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन । बम प्रहारबाट गाडीको सिसा फुटेको छ । पौडेल भने सुरक्षित छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्