प्रकाश दाहालको निधनले जुराएको हाइप्रोफाईल भेट
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट पुगेका छन् ।
देउवा, नेपाल र ओली सोमबार बिहान प्रकाशलाई श्रद्धाञ्जली दिन र शोकमा डुबेको प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्न लाजिम्पाट पुगेका हुन् । देउवा र ओलीले प्रकाश दाहालको असामयिक निधनले आफूहरु मर्माहत भएको भन्दै प्रचण्ड परिवारका सदस्यलाई गहिरो समवेदना प्रकट गरेका थिए ।
आइतबार बिहान ५ः५० बजे अचेत अवस्थामा भेटिएका प्रकाशलाई सुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएको केहि मिनेटमै चिकित्सकले मृत घोषिणा गरेका थिए । प्रकाशको आइतबार नै अन्तिम संस्कार गरिसकिएको छ ।
यसैबीच प्रकाशको निधनमा चीन, भारत, राष्ट्र संघ लगायतका विभिन्न देश र कुटनीतिक नियोगका प्रतिनिधिहरुले समवेदना प्रकट गरेका छन् । सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि अध्यक्ष प्रचण्ड र सल्लाहकार सीता दाहाललाई लाजिम्पाटमा भेटी समवेदना प्रकट गरेकी छिन् ।
समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीले प्रकाश दाहालप्रति समवेदना प्रकट गर्दै धैर्य रहन प्रचण्ड र सीता दाहाललाई आग्रह गरेकी थिइन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्