सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘बुबा मलाई खासै सन्चो छैन, तपाईं जानुस् न है ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाल यो संसारबाट सँधैका लागी बिदा भईसकेका छन् । सामाजिक सञ्जालमा बेलाबेला आलोचित बन्ने गरेका प्रकाश दाहाल अन्नतः छोटो समयमै यो संसारबाट बिदा भए ।

उनले जीवनमा बहुविवाह गर्न बाहेक जानेर अर्को भूल गरेका छैनन् । आइतबार बिहान उनै प्रकाशको मृत्युको खबरले देश शोकमग्न भयो । उनले सभाको लाइभ पनि गर्थे, भने प्रकाश चुनावी सभामा प्रचण्डको साथ लागेर हिँडिरहन्थे ।

चितवनबाट फर्किएपछि प्रचण्डसँग झापा भने उनी गएनन् । प्रचण्डलाई उनले भने, ‘बुबा मलाई खासै सन्चो छैन, तपाईं जानुस् न है ।’ प्रकाशले झापाको कार्यक्रमबारे शनिबार राति पनि बाबु प्रचण्डसँग कुराकानी गरेका थिए ।

बाबुको सचिवालय सम्हाल्दै आएका प्रकाशले प्रचण्डका भेट, कार्यक्रम सबै व्यवस्थापन गर्दै आएका थिए । घरमा आराम गरेर बसे पनि चुनावी कार्यक्रम लगायतको उनी जानकारी लिइरहन्थे ।

तर, आइतबार बिहान ५ बजे ह्दयघात भएपछि उनलाई अस्पताल लगियो । र, उनलाई अस्पताल त के, भगवानले पनि बचाउन सकेनन् । एक्ला छोरा प्रकाशको निधनपछि प्रचण्ड परिवार शोकमा डुबेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्