सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अधुरै रह्यो पत्नी बिनालाई जिताउने प्रकाशको सपना

हृदयघातका कारण प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार बिहान असामयिक निधन भयो । कसले सोचेको थियो र सुत्दा सकुशल सुतेको व्यक्ति कहिल्यै नउठ्नेगरी सुत्यो भनेर । तर नियतिले प्रकाशलाई सँधैका लागी सुताईदियो ।

दिवंगत प्रकाशमा मनमा कति सपना थिए होला जो उनिसँगै धुवाँको मुश्लोमा उडेर गए । तर नजिककासँग उनले बाँडेको सपना र योजना थियो, कान्छि पत्नी बिना मगरलाई जिताउने । जुन उनको मृत्युसँगै जलेर गयो ।

दाहालका स्वकीय सचिव सन्तु दराईका अनुसार चितवनबाट ५ दिनअघि निर्वाचन सामग्री व्यवस्थापनका लागि प्रकाश काठमाडौं आएका थिए । उनी आइतबार (निधन भएको दिन) निर्वाचन सामग्री लिएर चितवन जाने कार्यक्रम थियो ।

त्यहाँबाट उनी पत्नी विना मगरलाई जिताउन कञ्चनपुर जाने योजना थियो । तर, आकस्मिक हृदयघातले उनलाई चितवन र कञ्चनपुर फर्किन दिएन् । उनी सँधैका लागी बिदा भए ।

अर्थात असामयिक निधनले बुवा प्रचण्ड र पत्नी विना मगरलाई जिताउने प्रकाशको त्यो सपना अधुरै रह्यो । स्वकीय सचिव दराईले भने, ‘निर्वाचन सामग्री व्यवस्थापन गरी चितवन जाने कार्यक्रम थियो । चितवनपछि कञ्चनपुरमा निर्वाचन अभियानमा जाने कुरा गर्नुभएको थियो । तर, उहाँ आफै कहिल्यै नफर्किने गरी हामीलाई छाडेर जानुभयो ।’

पछिल्लो समय प्रकाश चितवन क्षेत्र नम्बर ३ मा बुवा प्रचण्डलाई जिताउन बढी सक्रिय थिए । र, कञ्चनपुर १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार पत्नी बिनालाई जिताउन लागिपरेका थिए । त्यसका लागि कञ्चनपुर जाने उनको योजना थियो । तर, सबै योजना अब अधुरै रहन गएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्