सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दरवारमार्ग वलत्कार घटनाले लियो नयाँ मोड

काठमाडौंको दरबारमार्गमा भएको युवतीको सामूहिक बलात्कारमा पीडित भनिएकी युवती प्रहरी सम्पर्कमा आएपछी प्रहरीले उनीसँग बयान लिन सुरु गरेको छ । यसअघि प्रहरीको सम्पर्कबाट बाहिर रहेकी पिडित युवती बुधबार साँझ काठमाण्डौ प्रहरी परिसरको सम्पर्कमा आएकी हुन ।

शुक्रबार मौखिक उजुरी दिने क्रममा युवतीले आफुलाई ३ जनाले सामुहिक बलत्कार गरेको बयान दिएकी थिईन । तर अहिले आएर उनले प्रहरीसँग बयान फेरेकी छिन । उनले बलत्कार भएको नभई आफ्नो प्रेमीसँग सहमतिमै यौन सम्बन्ध भएको बयान दिएकी छिन ।

बलात्कृत भनिएकी युवतीको बयान फेरीएपछी घटना शंकास्पद बनेको छ । घटना ढाकछोप गर्न ठुलै रकमको प्रस्ताव गरिएको हुनसक्ने अनुमान गरिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले युवतीको बयान फेरीएकाले तत्काल उनको कुरामा बिश्वास गर्न नसकिने बताएका छन ।

बुधबार साँझ युवती सम्पर्कमा आएपछी बयान लिन सुरु गरिएको सामुहिक बलत्कारको घटना छानबिन गर्न काठमाडौं प्रहरी परिसरले गठन गरेको समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले जानकारी दिएका छन ।

काठमाण्डौ प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत प्रहरी अधिकारीहरुले बताए अनुसार पीडित भनिएकी युवतीले उनको प्रेमी भनिएका शैलेश कार्कीसँग सहमतिमै ‘शारीरिक सम्पर्क’ भएको भनेर बयान दिएकी छिन् ।

घटनाको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरले छुट्टाछुट्टै समिति गठन गरेको थियो । घटनाको भोलिपल्ट शुक्रबार पीडित युवतीले महानगरीय प्रहरी वृत, दरबारमार्गमा मौखिक उजुरी दिएकी थिइन् । तर, प्रहरीको मिलेमतोमा घटनालाई लुकाइएको आरोप लागेको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दरबारमार्ग बृत्तका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई आफ्नै संगठनको थुनामा राखेको छ । उनलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको बताईएको छ । वृतका डिएसपी तिलक भारतीलाई समेत काठमाडौं प्रहरी परिसरमा तानिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्