सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

रिपोर्टमा सामुहिक बलत्कार नभएको देखियो

अघिल्लो साताको बिहीबार दरबारमार्गमा रहेको होटल ल्याण्डमार्कमा भएको भनिएको सामुहिक बलात्कारको रिपोर्टमा युवतीको बलत्कार नभएको देखिएको छ । युवतीले भनेजस्तो रिपोर्टमा सामुहिक बलात्कार भएको प्रमाण नदेखिएको स्वास्थ्य परिक्षणमा संलग्न चिकित्कले जनाएका छन ।

युवतीले प्रहरीसँग र मेडिकल रिपोर्टका लागी वयान दिने क्रममा चार जनाले आफुलाई सामुहिक बलत्कार गरेको र भिडियो समेत खिचेको बताएकी थिईन । पछी पिडित युवती प्रहरीबाट सम्पर्कबिहिन समेत भएकी थिईन । फेरी मंगलबार प्रहरी सम्पर्कमा आउँदा युवतीले आफुमाथी बलत्कार भएको नभई ब्वाईफ्रेन्डसँग सहमतीमै यौनसम्बन्ध भएको बयान दिएकी थिईन ।

युवतीको स्वास्थ्य परिक्षणमा संलग्न स्रोतले भनेको छ–‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला परेन । पीडित भनिएकी युवतीको योनाङ्ग पहिल्यै देखि सेक्सुअल्ली एक्टिभ भएको देखिन्छ । त्यसैले पनि इभिडेन्स फेला नपरेको हुन सक्छ । स्वास्थ्य परीक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको हो कि जस्तो सङ्केत हुन्छ ।’

यो घटनाबारे प्रहरीले बिशेष टोली बनाएर अनुसन्धान गरिरहेको छ । काठमाडौं प्रहरी परिसरले बनाएको छानविन टोलीका एक सदस्यले भने मेडिकल रिपोर्टको आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने बताएका छन । घटनाबारे थप अनुसन्धान भएपछी तथ्य सार्बजनिक हुने ती अधिकारीले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS