दरबारमार्ग बलात्कार काण्डले २ जनाको जागीर गयो
दरबारमार्र्गिस्थत ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना गुपचुप मिलाउन खोज्ने इन्सपेक्टर निलम्बनमा परेका छन् । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण सिंह ठकुरी निलम्बनमा परेका हुन ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले शुक्रबार ठकुरीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको छ । यसअघि त्यही घटना आर्थिक प्रलोभनमा परेर गुपचुप पार्न खोजेको आरोपमा मुद्दा शाखाकै सई चन्द्र भण्डारी पनि निलम्बनमा परिसकेका छन् । ठकुरीलाई भने बुधबारै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा तानिएको थियो ।
मेडिकल रिपोर्टका क्रममा दिएको लिखित बयानमा उनले चार जनाले बलात्कार गरेको र आफूलाई नग्न बनाएर भिडियोसमेत खिचेको बताएकी छन् । आरोपित पक्षको दबाबका कारण युवतीले बयान फेरेको हुनसक्ने भन्दै प्रहरीले बिहीबारदेखि उनलाई गोप्य सेल्टरमा राखी मनोपरामर्श दिइरहेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्