दुवईमा मृत्युदण्ड पाएका उमेशले पाए माफी
साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई पीडित पाकिस्तानी परिवारले बुधबार माफी दिएका छन् । पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा यादव साउदीस्थित जुवेल जेलमा बसिरहेका छन् ।
पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पीडित पक्ष र उमेशका तर्फबाट क्षमा माग्न पुगेका सरोज रायबीच सौहर्दपूर्ण छलफल भएपछि पीडित पक्ष उमेश यादवलाई माफी दिन तयार भएको हो । पीडित पक्षलाई पीडक पक्षले ब्लडमनि दिन तयार भएको छ । ब्लडमनि बापतको रकम खुलाइएको छैन ।
११ वर्षअघि यादवलाई पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको आरोप लागेको थियो । ६ वर्षअघि नै स्थानीय अदालतले उनलाई मृत्युदण्ड दिने फैसला गरेको थियो ।
मोहम्मदका दाजु सफिकले आफूहरुलाई ठूलो पीडा भए पनि माफी दिएको बताएका छन । उनले भने–‘हामीलाई ठूलो पीडा छ । हामीसँग राम्रो भएन । फेरि पनि अल्लाहलाई साक्षी राखी माफी दियौं ।’
दुई परिवारबीच मेलमिलापको लागि भूमिका खेलेका पाकिस्तानी वकिल मुहम्मद नुक्वासले पीडित पक्षले माफी दिएर पाकिस्तानीहरु ठूलो दिल भएको नागरिक भएको प्रमाणित गरेको बताएका छन । उनले भने–‘हामी पाकिस्तानी निकै ठूलो दिल भएको मानिस हौं । यसलाई पीडित पक्षले पुष्टि गरेको छ ।’
उमेशलाई क्षमाको आग्रह गर्नका लागि काठमाडौंबाट फैसलवाद पुगेका सरोज रायले आफ्नो मिसन पूरा भएको भन्दै खुसी ब्यक्त गरेका छन । ‘अन्ततः हामी उमेशलाई मृत्युदण्डबाट बचाउन सफल भयौं । पीडित परिवारले ब्लडमनि स्वीकार गरेका छन् । त्यसबारे पछि बताउनेछौं,’ उनले भने, ‘यहाँसम्म आउन साथ दिने सबै साथीभाइप्रति आभारी ब्यक्त गर्दछु ।’
पीडित परिवारलाई भेटाउनका लागी पाकिस्तानी नागरिक जनाव जैइब कलमटयी, फरान अदिल र मोहम्मद रियाल सफी इस्लामवादबाट सरोजको साथमा पुगेका थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्