पेस्तोलसहित ७ भारतीय नेपाल प्रहरीको फन्दामा
पेस्तोल र ठूलो परिणामको लागू औषधसहित सात जना भारतीय नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विराटनगरको नोबल मेडिकल कलेज अगाडिको नहर डिलको बाटोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकलमा सवार ६ जना र सोही स्थानमा शंकास्पद अवस्थामा रहेका १ जना मंगलबार साँझ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल रोकी चेकजाँच गर्दा अवैध लागू औषध एभिल १७७५ एम्पुल, डाइजेपाम ५००, स्पास्मो प्रोक्सिभन १७७६ चक्की, नाइट्रोसन ट्याब्लेट ७२५, लुपीजेसिक ५२५, फेनारागन १२५, डाइलेक्स डिसी १३ बोतल फेला पारेको थियो ।
मोट्साइकल चेक जाच गर्ने क्रममा बिहार अररिया जिल्ला फारबिसगञ्ज २ बस्ने ३० का प्रमोद भन्ने बिनोद यादवको कम्मरको बायाँ साइडबाट प्रहरीले पेस्तोल निकालेको थियो ।
मोरङका प्रहरी उपरीक्षक अरुण विसीले उनीहरुको साथबाट ८१ हजार नेपाली रुपैयाँसमेत वरामद गरिएको जानकारी दिएका छन । प्रहरीले अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने एक थान म्याग्जिनका साथै म्याग्जिनभित्र प्रयोग हुने ६ राउण्ड गोलीसमेत बरामद गरेको जनाएको छ ।
प्रहरीले उनीहरु सवार भारतीय नम्बर प्लेटका तीनवटा मोटरसाइकल समेत नियन्त्रण्मा लिएको छ । पक्राउ गरिएका उनीहरुलाई लागु औषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण विसीले बताएका छन ।
प्रहरीले बिहार अररिया बतनाहा ४ का २४ वर्षीय रोहितकुमार शर्मा, फारबिसगञ्जका ३० वर्षीय विनोद यादव, मिल्की डुमरियाका १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलम देवी यादव, सिमराहा बस्ने २६ वर्षीय प्रकाशकुमार दास, रानीगञ्ज बस्ने ३३ वर्षीय रञ्जितकुमार शर्मा र बरारभत नाजा ७ बस्ने ४० वर्षीय सुरजनारायण यादवलाई पक्राउ गरेको हो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्