प्रहरी भित्रका ‘किरा’हरु फाल्न सुरु भईसक्योः आईजीपी
पछिल्लो समय तस्करी, अपहरण, हत्या जस्ता अपराधिक कार्यमा प्रहरीकै उच्च अधिकारीहरुको संलग्नता देखिएपछी त्यस्ता प्रहरी अधिकारीहरुलाई ‘संगठन भित्रका किरा’को संज्ञा दिँदै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीभित्र नै बसेर संगठनको वदनाम गर्ने ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै खनालले जनताले अनुभूति गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडि बढाइएको पनि बताएका छन ।
उनले भने, ‘केहि कामहरुको जनताले अनुभूति गर्नु भइसकेको छ । अब हाम्रो प्रथामिकता अपराध नियन्त्रण गर्ने नै हो ।’ प्रहरी प्रमुख खनालले केही नालायक सदस्यहरुले गरेका अपराध कर्मलाई लिएर पुरै प्रहरी संगठनसँग जोड्न नमिल्ने बताएका छन ।
राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने भन्दै उनले भने ‘संगठनमा केही त्यस्ता किराहरु हुन्छन् । त्यसलाई फाल्नुपर्छ ।’ उनले प्रदेशमा प्रहरीको संरचना कसरी व्यवस्थापन गर्ने भन्नेबारे गृह मन्त्रालयले काम गरिरहेको समेत बताएका छन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्