सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजधानीमा झड्केला दुई छोराको क्रुरतापुर्वक हत्या

राजधानी काठमाण्डौको बानेश्वरस्थित सुकुम्बासी वस्तीमा बस्दै आएका दिलीप यादवले दुई भाई झड्केलो छोराको हत्या गरेका छन् । सुकुम्बासी बस्तीमा हत्या गरेर खाटमुनी लुकाएर राखेको अवस्थामा ६ बर्ष र ८ बर्षका दुई नाबालकको शव फेला परेको बताइएको छ ।

श्रीमानले छाडेका सम्झना सरदारसँग यादवले केही समयअघि विवाह गरेका थिए । पछिल्लो समय सम्झना विराटनगर बस्दै आएकी थिइन् भने छोराहरु काठमाडौमा थिए । यादवले सम्झनाकी बहिनी सुनिता दर्जीलाई ‘दिदीलाई नझिकाए छोराहरु मार्दिन्छु’ भन्दै केही दिनअघि धम्की दिएका थिए ।

एकाएक बच्चाहरु हराएपछि परिवारले वैशाख १० गते महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा उजुरी दिएका थिए । शुक्रबार दीलिप आफैँले संझनालाई ‘तेरा छोराहरु खाटमुनि छन’ भनेपछी उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

घट्नास्थलबाट प्रहरीले दुई नाबालकको शव बरामद गरेको छ । हत्यामा संलग्न दिलीप यादवको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ । निर्दयी र क्रुरतापुर्वक भएको हत्याको कडा भन्दा कडा सजायका लागी बालकहरुकी आमाले आग्रह गरेकी छिन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्