सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

शक्ति देखाउन भन्दै झाँक्रीले नदिमा हाम फालेपछी

शक्ति देखाउने भनेर कर्णाली नदीमा हामफालेका दुई झाँक्री मध्ये एक जनाको निधन भएको छ भने एक जना वेपत्ता भएका छन् ।

नदीमा हाम फाल्नेमा जगन्नाथ गाँउपालिका–१ का ६१ वर्षीय मान सिंह बिष्ट र सोही ठाउँका ५३ वर्षीय जयबहादुर बिष्ट रहेका छन् ।

स्थानीयले बताए अनुसार उनीहरु स्थानीयलाई शक्ति देखाउन भनी आइतबार बिहान नदीमा हाम फालेका थिए ।

नदीमा हाम फालेका मध्ये मान सिंह बिष्टको शव फेला परेको र जयबहादुर हराइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्