सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साढे ४ बर्षमा ४२१ पटक, एसएसपीलाई साढे २ करोड

साढे ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएपछी छानबिन समितिले दोषि ठहर गरेका तस्करहरुको बयानसँगै एकपछी अर्को रहश्य र तथ्यहरु छरपस्ट भएका छन । सुन तस्करीका नाईके गोरेको समुहले साढे ४ बर्षमा बिभिन्न परिमाणमा ४२१ पटक गरी साढे ३८ क्विन्टल अबैध सुन भित्र्याएको खुल्न आएको छ ।

छानविन समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिष्टरमा ४२१ पटक विभिन्न परिमाणको सुन तस्करी भएको देखिएको हो । त्यो पनि प्रहरीका हाकीमहरुकै संरक्षणमा । समितिले बरामद गरेको रिजष्ट्रारमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत उल्लेख भएको छ ।

उनीहरुले सुन तस्करीका लागि तत्कालीन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएको भेटिएको छ । गोरे समूहले प्रहरीसँग सेटिङ मिलाउन कुल २ करोड २० लाख ७७ हजार रुपैयाँ प्रहरीलाई बुझाएको लेजर समेत फेला परेको छ । प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको छ ।

गोरेले प्रहरी अधिकारीहरुलाई मामा भनेर सम्बोधन गरेका छन् । र, तत्कालिन प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी जवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दार अम्बरबहादुर थापा मगरले पैसा लिएको अभिलेख भेटिएको छ ।

तत्कालीन डीआईजी निरौलाले ३ पटक गरेर १७ लाख रुपैयाँ, एसएसपी श्याम खत्रीले १६ पटकमा १ करोड १२ लाख ९२ हजार रुपैयाँ, एसपी विकासराज खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ र डिएसपी सञ्जयबहादुर राउतले ६ पटकमा १५ लाख रुपैयाँ गोरेबाट लिएको खुलेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्