अनसनरत डा.केसी पक्ष र सरकारबीच भयो वार्ता
आमरण अनसनरत डा. गोविन्द केसी र सरकार बीच पुनः सम्वाद सुरु भएको छ । तर, मंगलबार भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता गर्नुपर्ने पूर्वशर्त छाडेपछि सरकारी टोलीसँग सम्वाद सुरु भएको हो ।
यसका लागि नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पहल गरेका थिए । उनले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए ।
लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । नेम्वाङले डा. केसीको वार्ता टोलीसँग पनि सम्वाद गरेका थिए ।
सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा के–के संशोधन गर्नुपर्छ भनेर लिखित नै दिएको छ । स्रोतका अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा छन् ।
नेम्वाङको पहलपछि सरकारी र डा. केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद भएको हो । शिक्षा मन्त्रालयमा भएको वार्तामा विधेयकका मुद्दाहरुमा छलफल भए पनि टुंगोमा पुगेको छैन ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्