सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

१३ बर्षमै लभ परेर सेक्स भिडियो लिक भएपछी

काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन् । उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले । फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो ।

छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले ।

एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए । त्यसको कारण थियो, १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ ।

यो सबै थाहा पाएपछी उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन, विद्यालयसमेत परिवर्तन गरिदिए । अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले प्रेमिकासँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ट्याग गरिदिए ।

तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुवा महानगरीय प्रहरी अपराध महाशाखामा छोरीलाई लिएर उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ ।

२०७३ चैत १७ गते सामाखुसीस्थित प्रहरी विद्यालयमा कक्षा आठमा अध्ययनरत कुन्दन थापाको विद्यालयको छतबाट खसेर मृत्यु भयो । थापाको मृत्युपछि गठित छानबिन समितिले सहपाठीसँग बदला लिन १४ वर्षीय कुन्दनले फेसबुकमा नक्कली आइडी खोलेर अश्लील सामग्री राखेको घटना खुलेपछि अत्तालिएर ‘आत्महत्या’ गरेको जनाएको थियो ।

अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उत्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । महाशाखा अन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् ।

प्रहरी निरिक्षक डाँगीले भने–‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन । सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ ।’

महाशाखाका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरेर हुने अपराधका घटना बढेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा साइबर अपराधसम्बन्धी उजुरी एक हजार चार सय ८२ परेका थिए । तीमध्ये महाशाखाले ६९ वटा मुद्दा अदालतमा दायर गरेको थियो ।

महाशाखाका अनुसार सबैभन्दा धेरै साइबर अपराध सामाजिक सञ्जालको दुरुपयोगबाट हुने गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी ५० मुद्दा दायर गरिएको छ । यस्तै एसएमएसबाट धम्की दिएका ११ वटा मुद्दा दर्ता भएका छन् । ह्याकिङसम्बन्धी दुई, एसएमएस लट्री फ्रन्डसम्बन्धी र युटुब दुरुपयोगसम्बन्धी दुईवटा मुद्दा दर्ता भएका छन् ।

सामाजिक सञ्जाल दुरुपयोगसम्बन्धी उजुरी धेरै परे पनि मुद्दा दर्ता भने कम हुने गरेको मुद्दा फाँटका प्रहरी निरीक्षक डाँगी बताउँछ् । ‘बालबालिका संलग्न घटनामा दुवै पक्षका अभिभावक आएर मेलमिलाप गर्छन् । त्यसैले उजुरीअनुसारको सबै मुद्दा दर्ता हुँदैन,’ उनले भने, ‘पीडक पक्षले पीडित पक्षसँग माफी मागेर मेलमिलाप हुने भएकाले संख्या कमी भएको हो ।’

महाशाखाका अनुसार पछिल्लो समय सामाजिक सञ्जालबाट हुने अपराधमा किशोरकिशोरीको संलग्नता अस्वाभाविक ढंगले वृद्धि भइरहेको छ । उनीहरू प्रेम सम्बन्ध रहुन्जेल गोप्य अंगका तस्बिर÷भिडियो आदानप्रदान गर्छन् । प्रेमसम्बन्ध बिग्रिएपछि पहिलाका गोप्य र अन्तरंग दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेर बदला लिन थाल्छन् ।

बालबालिकाले क्षणिक आवेगमा आफ्ना अश्लील तथा गोप्य अंग पठाउँदा अपराधका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत हुने अपराधमा १५ वर्षदेखि २५ वर्ष उमेरसमूहको संलग्नता देखिन्छ । साइबर अपराधमा १८ वर्षमुनिका किशोरकिशोरीको संलग्नता २० प्रतिशतभन्दा धेरै देखिन्छ ।

सामाजिक सञ्जाल प्रयोगसम्बन्धी अनुसन्धानकर्ता उज्ज्वल आचार्य बालबालिकाले अज्ञानताकै कारण सामाजिक सञ्जाल दुरुपयोग गर्ने बताउँछन् । ‘बालबालिकामा सामाजिक सञ्जालको उपयोग कसरी हुनसक्छ र दुरुपयोग के हो भन्ने ज्ञानको कमी छ,’ उनले भने, ‘उनीहरूले आफूले देखेको संसार र इन्टरनेटको संसार फरक–फरक हो भनेर राम्ररी बुझेका छैनन् ।’

यसैले कतिपय अवस्थामा अन्जानवश यस्ता कार्यहरू हुन्छन् । सामाजिक सञ्जालको प्रयोगबारे बालबालिकामा जनचेतना जगाउनुपर्ने उनले बताएका छन ।

‘बालबालिकालाई सामाजिक सञ्जालको दुरुपयोगबाट बचाउने सबैभन्दा महत्वपूर्ण पक्ष उनीहरूे यसको प्रयोगबारे ज्ञान दिनु हो’, आचार्यले भने, ‘उनीहरूलाई सामाजिक सञ्जालमा गर्न हुने र नहुने कुराको जानकारी दिनुपर्छ ।’ अभिभावक, समाज र राष्ट्रले इन्टरनेट निर्दाेष र अन्जान बालबालिकाका साथी होइन भन्ने कुरा राम्ररी बुझ्नुपर्ने उनले बताएका छन ।

मनोवैज्ञानिक तथा त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक नारायणप्रसाद शर्माका अनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न सम्भव छैन । बालबालिकालाई यसको दुरुपयोगबाट कसरी बचाउने भन्ने तर्फ राज्य र अभिभावक सचेत हुनुपर्ने उपप्राध्यापक शर्माको भनाई छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्