सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

परपुरुषबाट जन्मेको शिशुको आमाले गरिन हत्या

आफ्नै नवजात शिशुको हत्या अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाउँपालिका–१ लच्याङकी सम्झना तामाङलाई पक्राउ गरेको छ । शनिबार शिशु जन्माएर हत्या गरेको अभियोगमा २२ वर्षिया तामाङलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन ।

पक्राउ परेकी तामाङले श्रीमान वैदेशिक रोजगारमा गएको समयमा परपुरुषसँगको सम्पर्कबाट जन्मेको शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । घरपरिवार र स्थानीयवासीले दिएको सूचनाको आधारमा प्रहरीले शव रहेको स्थानको मुचुल्का उठाई तामाङसँग प्रारम्भिक अनुसन्धान गरेको छ ।

तामाङलाई शनिबार साँझ नियन्त्रणमा लिएर ज्यान मुद्दा अभियोगमा कारबाहीको लागि अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरका अनुसार घटनामा संलग्न रहेका परपुरुषको पनि पहिचान भइसकेकाले उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

शिशुको शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ । पक्राउ परेकी महिलाको श्रीमान विजय तामाङ रोजगारीको सिलसिलामा २९ महिना साउदी बसेर एक महिना अघिमात्र नेपाल फर्किएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्