सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आफैलाई गोली हानि प्रहरी जवानद्वारा आत्महत्या

स्याङ्जास्थित कारागारमा कार्यरत एक प्रहरी जवानले आफैंले बोकेको राइफलबाट आफैलाई गोली हानी आत्महत्या गरेका छन ।

नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आइतबार बिहान आफैंलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन ।

 

फेसबुकबाट कमेन्ट गर्नुहोस्