सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

साबधान ! यी राशिका मान्छे रहस्यमयी हुन्छन !

मान्छे सबैको आ–आफ्नै स्वभाव हुन्छ । कोही जे बोल्छन, त्यही गर्छन अर्थात जे देखिन्छन त्यही हुन्छन । कोही जे देखिन्छन त्यस्तो हुँदैनन् । यस्तै फरक स्वभाव भएका केही मानिसलाई बुझ्न साँच्चिकै कठिन हुन्छ ।

यस्ता मानिस कतिपय अवस्थामा नसोचेको व्यवहार गरेर सबैलाई आश्चर्यचकित पार्छन । यो मान्छेले अब के गर्छ भनेर कसैले अनुमान नै लगाउन सक्दैन । तर ज्योतिष शास्त्रका माध्यमबाट त्यस्ता मानिसका विषयमा सजिलै जानकारी लिन सकिन्छ अर्थात उनीहरूलाई सहजै बुझ्न सकिन्छ ।

जन्म समयमा पर्ने ग्रह नक्षत्रको स्थिति वा तिनको सीधा प्रभाव मानिसको विचारमा पर्छ । यसैको आधारमा यहाँ ५ राशिका त्यस्ता रहस्यमयी मानिसका बारेमा बताउने प्रयास गरिएको छ । पढ्नुहोस् कतै तपाई आफै पनि पर्नुहुन्छ की !

कन्या राशिवाला
कन्या राशिका मानिस मजाक गर्ने स्वभावका हुन्छन । यिनीहरूलाई हँसीमजाक गर्न उल्कै मन लाग्छ । यिनीहरू अरूमाथि त मजाक त गर्छन नै आफूमाथि कसैले मजाक गरे त्यसलाई सहने क्षमता पनि राख्छन ।

कन्या राशिका मानिसहरु बाहिरबाट हेर्दा निकै साधारण देखिन्छन तर यिनीहरूको पर्सनालिटीको अर्को त्यस्तो पाटो पनि हुन्छ जुन हाम्रा सामु सहजै उजागर हुँदैन । यिनीहरू मनैदेखि साधारण रहन्छन तर यिनीहरूभित्र केही मानिसका लागि विशेष गहिरो भावना लुकेको हुन्छ जुन यिनीहरू कसैलाई बताउँदैनन ।

वृश्चिक राशिवाला
यो राशिका मानिस सबैभन्दा बढी रहस्यमयी हुन्छन । ज्यातिस शास्त्रका अनुसार यिनीहरूको आँखाले एकथोक भन्छ तर मनमा अर्कै खिचडी पाकिरहेको हुन्छ । यिनीहरू कुनै पनि कुरामा सूक्ष्म दृष्टि राखिरहेका हुन्छन तर अगाडिका मानिसलाई त्यसको सुइँकोसम्म दिंदैनन ।

यिनीहरू हेर्ने र बुझ्ने काम बढी गर्छन तर आफ्नो कुरा हम्मेसी अरूका अघि खुलासा गर्दैनन । एउटा अर्को पनि कुरा छ जसका कारण हामी यो राशिका मानिसलाई ठीकसँग बुझ्न सक्दैनौं त्यो के भने यिनीहरूमा नयाँ नयाँ कुराको एक्सपेरिमेन्ट गर्ने बानी हुन्छ ।

मकर राशिवाला
यो राशिका मानिसलाई सदैव सफलताको डरले सताइरहेको हुन्छ र यो नै यिनीहरू रहस्यमयी हुनुको सबैभन्दा ठूलो कारण हो । यिनीहरू अब आफू के गर्दै छु भन्ने कुराका विषयमा कसैलाई बताउँदैनन तथा शत्रुप्रति हरहमेशा सतर्क रहन्छन ।

जब कि यिनीहरू अरूमाथि सजिलै भरोसा गर्छन । जुन यिनीहरू आफ्नो लागि घातक हुन्छ । धेरै मानिस यिनीहरूलाई बुझ्नका लागि यिनीहरूको बारेमा सोचेर बस्छन तर सच्चाइ अर्कै वा केही फरक हुने गर्छ । कतिपय अवस्थामा पर्सनालिटीका कारण यिनीहरूलाई अरूले गलत रूपमा बुझ्छन ।

कुम्भ राशिवाला
यो राशिका बढीजसो मानिस कम बोल्ने खालका हुन्छन तर फेरि कतिपय चाहिँ अति नै बढी बोल्ने पनि हुन्छन । जे भए पनि यिनीहरूको रहस्यमयी पर्सनालिटी सहजै उजागर हुन्छ तर जब यिनीहरू भविष्यलाई लिएर केही कुरासँग डराउन थाल्छन त्यतिबेला यिनीहरू थप रहस्यमयी लाग्न थाल्छन । यद्यपि यस राशिका सबैजना यस्तो हुँदैनन् ।

मीन राशिवाला
रहस्यमयी पर्सनालिटीका कारण यो राशिका मानिसलाई बुझ्न अति नै कठिन हुन्छ । कतिपय अवस्थामा यिनीहरू आफ्नो रुचि केमा छ भनेर ठीकसँग बुझ्न सक्दैनन अनि कन्फ्यूज हुन्छन । यस्तो स्थितिमा अरूले झन के बुझ्नू ? त्यसैले यिनीहरू रहस्यमयी लाग्छन । आफ्नो कुरा लुकाउने मामिलामा भने वृश्चिक राशिपछि मीन राशिका मानिस आउँछन, यिनीहरू कुरा लुकाउन माहिर हुन्छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्