सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सांसद भारतीय क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष

नेपाल सरकारका पुर्वगृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका छन । कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन ।

कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्ला अन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका छन ।

यसअघि इन्टर कलेजका व्यवस्थापन समिति अध्यक्षमा सांसद कँडेलकै हजुरआमा स्व.राधाकुमारी कँडेल र बुबा स्व.पृथ्वीराज कँडेल रहेका थिए । पछिल्लो पटक करीब १० वर्ष रिक्त रहेको अध्यक्षमा सांसद कँडेल निर्वाचित भएका हुन ।

ठुठीबारी ग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष भएका हुन । महाराजगञ्ज जिल्लाको मुख्य बजार महाराजगञ्जमा बुधबार भएको निर्वाचनबाट कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष भएका हुन् ।

सन् १९५२ सालमा विद्यालय स्थापना भएको सो कलेज नेपाल भारत सीमा क्षेत्रमा निकै प्रख्यात मानिन्छ । नवनिर्वाचित प्रबन्धक कँडेलले कलेजको शैक्षिक गुणस्तर सुधार गर्न काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । जम्मा १० मत रहेको यस कलेजको व्यवस्थापन समितिमा कँडेलले छ मत प्राप्त गरेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्