सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

मानसिक सन्तुलन गुमाएकी युवती बलात्कृत

एकपछी अर्को बलात्कारका घटना सार्वजनिक भईरहेको बेला काठमाडौंको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय एक युवती बलात्कृत भएको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार मानसिक सन्तुलन गुमाएकी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन ।

उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङ नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ । युवती चर्चबाट फर्किँदै गरेको बेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारले आरोप लगाएको छ ।

तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको जनाइएको छ । प्रहरी स्रोतका अनुसार तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्