सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आजबाट दशैंका लागी अग्रिम टिकट बुकिङ खुला

यसअघि तेलको मुल्य बृद्धि भएको बिरोधमा दशैंको अग्रिम टिकट बुकिङ रोकेका यातायात ब्यवसायीले भाडा बढाउने सहमती भएपछी आजबाट अग्रिम टिकट बुकिङ खोल्ने भएका छन । नेपाल यातायात व्यवसायी महासंघको बैठकले आज ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ व्यवसायीहरुले इन्धनको मूल्य वृद्धिको विरोध गर्दै रोकेका थिए । सरकारसंगको वार्तामा १० प्रतिशत गाडीभाडा बढाउने सहमती भएपछी महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाएपछि समायोजन गरिएको भाडादर अनुसार शहरी क्षेत्रमा न्युनतम १४ देखि अधिकतम १८ रुपैयाँ भाडा कायम गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्