सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लामा र घले ३ केजी सुनसहित टोखाबाट नियन्त्रणमा

सुन तस्करीको समाचार नआएको केही महिनापछी प्रहरीले ३ केजी सुनसहित २ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले सुनसहित टोखाबाट २ जनालाई पक्राउ परेको जनाएको हो ।

प्रहरी दिएको जानकारी अनुसार गत राती रसुवा घर भएका पेम्वा लामा र नरबहादुर घले तीन केजी सुनसहित पक्राउ परेका हुन । घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौँले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर जनाकारी दिने तयारी गरेको छ ।

 

नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरीले भने–‘टोखाबाट काठमाडौँतर्फ आउँदै गरेको एक मोटरसाइकल चेकजाँचका क्रममा सुन भेटिएको हो । लामा र घलेले टेपले र्यापिङ गरेर ल्याएको अवस्थामा सुन भेटिएको हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्