सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दश बर्षीया बालिकाको बलात्कारपछी निर्मम हत्या

पोखराको पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रीया सुनारलाई उनकै छिमेकी २७ कुशुम पौडेलले बलत्कारपछी हत्या गरेको खुल्न आएको छ । गाँजा र रक्सिको नसामा डुबेका पौडेलले विस्कुट किन्न पसल हिँडेकी श्रीयालाई १० रुपैयाँको लोभ देखाई बोलाएर बलात्कार गरेको खुल्न आएको छ ।

पक्राउ परेका पौडेलले बलत्कार र हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन । उनले आफुले १० रुपैयाँ लिन बोलाएको र पैसा लिने बेला समाएर बलात्कार गरेको बताएका छन । बलात्कारपछी अरुले थाहा पाउने डरले ढुंगाले टाउकोमा हानी बालिकाको हत्या गरेको उनले प्रहरीसँग बताएका छन ।

कास्की प्रहरीले घटना घटेको २ दिन र सुचना पाएको २४ घण्टामा अपराधी पत्ता लगाएको जनाएको छ । अघिल्लो दिन हराएकी श्रीयाबारे खोजी गरिदिन आग्रह गर्दै हजुरबुवा लिलबहादुर मंगलबार बिहान ७ बजे छोरेपाटन प्रहरी चौकीमा पुगेका थिए । यसबारे औपचारीक जानकारी केहिबेरमा पत्रकार सम्मेलन गरी दिने प्रहरी श्रोतले जनाएको छ ।

पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा फेला परिन ।

बालिका सुनारको शव निधारभरि चौटैचोट, घाँटीमा नीलडाम, धारिलो र चुच्चो वस्तुको प्रहारले शरिर क्षतिविक्षत भएको अवस्थामा फेला परेको थियो । शवको छेवैमा रगत लतपतिएका तीनवटा ढुंगा पनि फेला परेका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बालिका सुनारको बलात्कारपछि हत्या भएको देखाएको छ । मृत्युको कारण टाउकोमा लागेको चोट भएको रिपोर्टमा बताईएको छ ।

बलात्कारपछी हत्या गरिएकी बालिका सुनारका बाबुले दुई वर्षअघि अर्की बिहे गरेपछि भैरहवातिर लागेका थिए । आमा बेलकुमारीलाई रोगले च्याप्यो । मृतक छोरी बिरामी भएपछी श्रीया सुनारका मामाघरका हजुरबुवा लीलबहादुर सुनारले छोरी, तीन नातिनी र एक नातिलाई आफ्नै घरमा बोलाए ।

मृतक श्रीया सुनारको घर र उनको मामाघर जम्मा २० मिनेटको दूरीमा छ । ज्यामी काम गरेर सकीनसकी उनले छोरीको उपचार गराए । नातिनातिना पढाए । केही बिसेक भएपछि गत बुधबार मात्रै बेलकुमारी घर फर्केकी थिइन । श्रीया घरि घर, घरि मामाघर गरिरहन्थिन ।

उनी मामाघरमै बस्ने भइन । गाउँकै लीला आधारभूत विद्यालयमा उनी ३ कक्षामा पढ्थिन । आइतबार स्कुलबाट आएर खाजा खान पाँच रुपैयाँ लिएर पसल हिँडिन । मामाघर र पसलको दूरी पाँच मिनेट पनि छैन ।

बिस्कुट किन्न हिँडेकी नातिनी अबेरसम्म घर नफर्केपछि हजुरआमा विष्णुमाया र मामा कृष्णले यताउता खोजे । आफन्तलाई फोन गरे । हजुरबुवा लीलबहादुर कामबाट फर्किएर बेलुका ९ बजेसम्म खोजे । श्रीया कतै फेला परिनन ।

लीलबहादुर बिहान उठेर नजिकैको छोरोपाटन प्रहरी चौकीमा नातिनीको फोटो लिएर निवेदन दिन गए । ८ बजेको हुँदो हो । उनले निवेदन लेख्दै गर्दा घरबाट नातिनी भेटिएको खबर आयो । बेतोडले घर फर्किएपछि थाहा भयो, श्रीयाको सास थिएन ।

गाउँले मिलेर खोज्दा छिमेकी तुलसीप्रसाद ढकालको घरभन्दा ५० मिटर परको जंगलमा बाटोमुनि शव देखे । ‘शव घोप्टो परेको थियो । एउटा खुट्टा आकाशतिर फर्किएको थियो,’ उनले भने, ‘सुरुवाल घुँडामुनि पुगेको थियो ।’ उनैले खबर गरेपछि प्रहरी पनि पुग्यो ।

मामाघरबाट पसल जाँदा ओरालो झर्नुपर्छ । छोरेपाटनबाट विश्व शान्ति स्तूप जाने पैदलमार्ग यही हो । बीचबाटो केही एकलास छ । एकातिर जंगल र अर्कोतिर बासँघारी छ । बाटोमै जोडिएको एउटा पुरानो घर छ । एककोठे घरमा मानिस नबसेको थुप्रै भयो ।
श्रीया माइली छोरी हुन । उनीमाथि १४ वर्षीया दिदी, मुनि ५ वर्षीया बहिनी र ७ वर्षीय भाइ छन । उनको मृत्युको खबरले आमा बेलकुमारी अर्धचेत छिन । जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले विशेषज्ञ टोलीसहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताएका छन ।

उनको शव पोस्टमार्टमपछि पनि गण्डकी क्षेत्रीय अस्पतालको शवगृहमै छ । अपराधी पत्ता नलागेसम्म शव सद्गतका लागि नलाने अडान आफन्तले लिएका छन । श्रीयाको हत्यारा र बलात्कारी पत्ता लगाउनका लागी दबाव दिन भन्दै २१ सदस्यीय संघर्ष समिति पनि बनेको छ ।

कोदीकै एक किशोरीको शव भेटिएको एक महिना मात्रै भयो । १८ वर्षीया सुष्मिता लामिछानेको शव भदौ ११ गते फेवा तालको बाँधमा भेटिएको थियो । भदौ १० बाट सम्पर्कविहीन भएकी उनी खोलामा डुबिरहेको अवस्थामा फेला परेकी थिइन । यद्यपि उक्त घटनालाई प्रहरीले आत्महत्या भनेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्