सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दुलाहालाई बलात्कारको आरोप लगाएपछी हंगामा

विवाह संस्कारअनुसार दुलाहा र दुलहीलाई घरमा भित्र्याउने तयारी गर्दै गर्दा दोलखाको भीमेश्वर नगरपालिका जिलुमा बलात्कार आरोपमा दुलाहा पक्राउ परेका छन । १६ वर्षीया किशोरीलई बलात्कार गरेको आरोपमा दुलाहा शान्ति चौलागाई बिहेको कार्यक्रमकै बीचमा पक्राउ परेका हुन ।

बलात्कृत भएको दाबी गर्दै ती किशोरीले उजुरी गर्ने बित्तिकै दुलही भित्र्याउने कार्यक्रममै प्रहरी पुगेको थियो । कार्यक्रम भइरहँदा दुलाहा शान्ति चौलागाईँ पक्राउ परेका हुन ।

संस्कार अनुसार केटाले भगाएर केटी ल्याएमा विधिपूर्वक घर भित्र्याउनु विवाहको एउटा चरण मानिन्छ । एक महिनाअघि भगाएको केटीलाई घरमा भित्र्याउने २३ बर्षीय शान्ति चौलागाईँको प्रयास १६ बर्षीया किशोरीको उजुरीले विफल बनाईदिएको हो ।

ती किशोरीले आफूलाई विहेको प्रलोभनमा पारेर शान्ति चौलागाईँले बलात्कार गरेको आरोप लगाएकी छन । कक्षा १२ पढ्दै गरेकी किशोरीले सात कक्षामा अध्ययन गर्दा देखि नै शान्तिले विहे गर्ने आश्वासन दिँदै आएको बताएकी छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्