सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

हेर्नुहोस् १० बर्षीया श्रीयाको बलत्कार गर्ने राक्षसलाई

पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा कुशुम पौडेल भन्ने उनकै छिमेकी पक्राउ परेका छन । घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो ।

हत्यारा कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएको प्रहरीले जनाएको छ । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रीया सुनारको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई बुधबार सार्वजनिक गरेको हो ।

सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ रुपैयाँ दिएर फकाएका थिए । फेरि १० रुपैयाँ देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेको बयान प्रहरीलाई दिएका छन । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ ।

बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रीया सोमबार विद्यालयबाट फर्कनेबित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन तर, त्यही बेला मदिराले लठ्ठ भएका पौडेलले बलात्कार प्रयास गरी हत्या गरेको खुलेको छ ।

को हुन बलात्कार र हत्याका अभियुक्त कुशुम पौडेल ?
पोखरा–२२, पुम्दीभुम्दीका कुशुम पौडेलको घरमा श्रीमती र छोरा छन । पौडेल आमाबुवासँग छुट्टै बस्थे । काम केही छैन । मलेसिया र कतार गएर फर्किएका थिए । एक डेढ वर्ष अघि फर्केर घरमै थिए ।

लेकसाइडमा जान्छु भनेर निस्कन्थे । कन्स्ट्रक्सन लेबरमा काम गर्थे । गाउँतिर हल्लियो । रक्सी गाँजा खायो । श्रीमतीले ५० हजार बढी पैसा छोरोको पढाई खर्चका लागि ऋण मार्फत जोहो गरेकी थिईन । त्यही पैसा लिएर कता गए कता ? घर फर्केको तीन साता पनि भएको थिएन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्