अचम्म ! ६० बर्षीय बुढाद्वारा पुरुष नै बलात्कृत
पुरुषले महिलालाई बलात्कार गरेका घटना दैनिकजसो सार्वजनिक भइरहेको बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको घटना सार्बजनिक भएको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडाले सुस्त मनस्थिती भएका ३० वर्षीय युवालाई जर्बजस्ती गरेको आरोप लागेको छ ।
सिम्खडाले सुस्त मनस्थिति भएका युवालाई बलात्कार गरेको भन्दै स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका थिए । महिलाहरुले सिंखडालाई गाउँ परिक्रमा गराउँदै गर्दा इलाका प्रहरी कार्यालय पशुपतिनगरले उनलाई पक्राउ गरी बुधबार साँझ छाडेको स्थानीय महिला दुर्गा अधिकारीले बताएकी छिन ।
सिम्खडाले मंगलबार साँझ मनकामना चोक नजिक बारीमा ती युवकलाई यौन दुब्र्यवहार गरेको स्थानीय दुईजना महिलाले देखेपछि घटना सार्वजनिक भएको उनले बताइन । अधिकारीले भनिन्–‘महिलाले देखेपछि तुरुन्त होहल्ला भयो । तर रात परिसकेकोले त्यो दिन हामीले केही गर्न सकेनौं ।’
ईलाका प्रहरी कार्यालय पशुपतिका प्रहरी निरीक्षक अनुजजंग रायमाझीले गाउँलेहरुबीच सहमति भएपछि सिम्खडालाई छाडिएको बताएका छन । घटना सामान्य भएको र सिम्खडाबाट कोही बलात्कृत भएको नपाइएका कारण छाडिएको रायमाझीले दाबी गरेका छन ।
पक्राउ परेका सिम्खडा अन्य समयमासमेत मदिरा पिएर गाउँमा हल्ला गर्दै हिँड्ने गरेको स्थानीय महिलाहरुको गुनासो छ । बुधबार छलफलका लागि गएका महिलाहरुलाई प्रहरी कार्यालयमा सिम्खडा पक्षधर ब्यक्तिहरुले उल्टै दुब्र्यवहार गरेको आरोपमा उजुरी गर्ने धम्की दिएको स्थानीय महिलाहरुको दुखेसो छ ।
फौजदारी संहिताको दफा दुईसय २४ मा यौन दुब्र्यवहार सम्बन्धी कसुरमा पीडकलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानूनी प्रावधान रहेको छ ।
फौजदारी संहिताकै दफा दुईसय २६ मा अप्रकृतिक मैथुनसम्बन्धी कुसरमा तीन वर्षसम्म कैद र ३० हजार जरिवानासँगै दुवै कसुरमा पीडितलाई मनासिव क्षतिपूर्ति दिलाउने उल्लेख गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्