सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

जंगलमा युवतीको सामुहिक बलात्कार, कण्डम बरामद

कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको दुई महिना भन्दा बढी भइसकेको छ । तर अझैं पनि सक्कली दोषी पत्ता लागेको छैन । निर्मला पन्तको बलत्कार र हत्याको घटना भईसकेपछी दर्जनौँ बलात्कारका घटना भईसकेका छन भने कैयौंले निर्मलाले झैँ ज्यानसमेत गुमाएका छन ।

असोज २३ गते मंगलबार यस्तै घृनित र निकृष्ट कार्य दोहोरिएको छ । बुटवलस्थित शिवनगर जंगलमा १६ वर्षीया किशोरी सामुहिक बलात्कारमा परेको खबर सार्बजनिक भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० स्थित चरंगेमा मंगलबार बेलुका ८ बजेको समयमा बलात्कारको घटना भएको हो ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पीडित किशोरीको जाहेरीको आधारमा देवदह नगरपालिका १० का ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका ७ का २६ वर्षीय कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो ।

बुटवलमा चलिरहेको मेला घुमेपछि युवतीलाई मोटरसाइकलमा हालेर नजिकै रहेको शिवनगर जंगलमा लगेर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख गरिएको छ ।

बलात्कार भएको भनिएको घटनास्थलबाट प्रहरीले ४ थान कण्डम, फुटेका चुरा समेत बरादम गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली बहादुर मल्लले जानकारी दिएका छन । घटनामा अन्यको पनि संलग्नता हुनसक्ने प्रहरी नायब उपरिक्षक मल्लले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्