सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौमै गाँजा खेती गर्न कसले छुट दियो ?

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काठमाडौंको काँठ क्षेत्रमा गाँजा खेती हुने गरेको सुचना आफुले पाएको बताउँदै मातहतका निकायसँग असन्तुष्टी पोखेका छन ।

गृह मन्त्रालयले शुक्रबार उपत्यकामा लागूऔषध र मदिरा नियन्त्रणका लागी आयोजा गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले भने–‘उपत्यकाकै पहाडी क्षेत्रमा गाँजाखेती भइरहेको छ, त्यहाँ जनप्रतिनिधी र प्रहरी पनि छन्, राजधानीमै गाँजाखेती गर्ने छुट कसले दियो ?’

लागूऔषध तस्करहरुको मूल सुकाउनुपर्ने उल्लेख गर्दै मन्त्री थापाले भने–‘तस्करी समाप्त गर्नुपर्छ, त्यसपछि न रह्यो बाँस न बज्यो बाँसुरी, हाम्रो अभियान सफल हुन्छ ।’

लागूऔषध पूर्ण रुपमा निषेध र निर्मुल पार्नुपर्ने तर्क गर्दै मन्त्री थापाले नेपालमा हुने ७० प्रतिशत महिला हिंसा मदिराको कारण हुने बताएका छन् । मन्त्री थापाले भने–‘मदिरा महिला हिंसाको मुख्य कारण हो । त्यसैले हामीले मदिरा बेचबिखनमा नियमन गर्न जरुरी छ ।’

नेपाल विखण्डन गर्न चाहने तत्वहरु अँझै सक्रिय रहेको स्मरण गर्दै मन्त्री थापाले त्यस्ता तत्वहरुलाई निस्तेज गर्न जरुरी रहेको बताएका छन । गृहमन्त्रालयले पछिल्लो समय बलात्कार लगायतका घट्ना बढेको भन्दै मदिरा र लागूऔषध नियन्त्रणको महा–अभियान शुरु गरेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्