सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दशैंको अघिल्लो साँझ किशोरी बलात्कार गर्ने खोरमा

पाल्पामा दसैंको अघिल्लो दिन बेलुकी एक किशोरी बलात्कृत भएकी छिन् । पाल्पाको तिनाउ गाउँपालिका २ की १९ वर्षीया किशोरी बिहीबार राति बलात्कृत भएकी हुन् ।

उनलाई जबर्जस्ती करणी गरेको आरोपमा स्थानीय २० वर्षीय किरण गाहा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बलात्कारको घटना भएको थाहा पाउनासाथ प्रहरी निरीक्षक अमृत भण्डारी र दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक एकबहादुर नेपालीको टोलीले गाहालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पा पुर्याएको छ ।

पक्राउ परेका गाहाको थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताएका छन् । देशभर जसो पाल्पामा पनि पछिल्लो समय बलात्कारका घटना बढेका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS