सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अम्बा खाँदा घाँटीमा अड्किएर बालकको ज्यान गयो

स्याङ्जाको वालिङ नगरपालिका–१३ सिख्रेका पाँच वर्षीय प्रिन्स नेपालीको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रकाश नेपालीका छोरा प्रिन्सको आफ्नै घरमा रहेको अम्बा खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको हो ।

अम्बा घाँटीमा अड्किएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्