सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

व्यापारीको जुवाखालमा छापा, पक्राउ पर्नेको विवरण

राति होटलमा जुवा खेलिरहेको अवस्थामा काठमाण्डौको बत्तिसपुतलीबाट १३ जना व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले चलाएको जुवा अप्रेसनमा शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी रंगेहात पक्राउ परेका हुन् ।

प्रहरीले व्यापारीहरुको जुवाको खालबाट ७ लाख ६१ हजार १ सय ९० नेपाली रुपैयाँ र १ हजार ८ सय ८० भारतीय रुपैयाँ बरामद गरेको डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।

डिएपी बोगटीका अनुसार पक्राउ परेका व्यापारीमध्ये कतिपय भारतीय मुलका छन् । जुवाडे व्यापारीहरुलाई महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखेर जुवा ऐन अन्र्तगत अनुसन्धान भइरहेको छ ।

जुवा खेल्दै गर्दा पक्राउ परेका व्यापारीहरुको नामावली
१. मनोजकुमार चितलांग
२. विजय अग्रवाल
३. राजकुमार चौधरी
४. देवकुमार अग्रवाल
५. गौरवकुमार अग्रवाल
६. सुरेशकुमार एलन
७. राजकुमार अग्रवाल
८. दिनेशकुमार अग्रवाल
९. रवि नेमानी
१०. जगदिश कुमार
११. मनिषकुमार नेमानी
१२. विकासकुमार नेमानी
१३. मनोजकुमार तितवाल

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS