सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बन्दुक र खुकुरीले श्रीमती र छोरा मार्ने अस्पतालमा

आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक र खुकुरी प्रहार गरी हत्या गरेर भागेका रुकुम त्रिबेणी गाउँपालिका–१ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला बुढा र ११ वर्षीय छोरा प्रकाश बुढालाई शनिबार राति २ बजे भरुवा बन्दुक र खुकुरी प्रहार गर्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी हुनासाथ प्रहरी चौकी सिम्रुत र जिल्ला प्रहरी कार्यालय रुकुमबाट खटिएको प्रहरीले भक्तबहादुरलाई घाइते अवस्थामा फेला पारी भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

घाइते भक्तबहादुरलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम लगिएकोमा थप उपचारको लागि नेपालगञ्ज रिफर भएका छन् । उनले श्रीमती र छोराको किन हत्या गरे भन्नेबारे भक्तबहादुरको उपचारपछी मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

बुढालाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ । मानसिक समस्या भएका कारण श्रीमती र छोराको हत्या गरेको हुनसक्ने स्थानीयको अनुमान रहेको छ । उनी यसअघि ५ दिनसम्म जंगलमा हराएको स्थानीय रामविक्रम विसीले जानकारी दिएका छन् ।

उनलाई त्यसपछि परिवारले घरमा ल्याएर धामि झाँक्रि गरि थप उपचारका लागि अस्पताल लैजाने तयारी भईरहेका बेला उनले श्रीमती र छोराको हत्या गरेका हुन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS