सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सावधान ! काठमाण्डौका बसमा औषधी सुँघाएर लुट्लान

पछिल्लो समय राजधानी काठमाडौंमा औषधि सुँघाएर लुटपाट गर्ने गिरोह सक्रिय रहेको भेटिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुले आइतबार औषधी सुँघाएर लुटपाट गर्न खोज्दाखोज्दै एउटा गिरोहका सदस्यलाई पक्राउ गरेपछी औषधि सुँघाएर लुटपाट गर्ने समूह सक्रिय रहेको खुल्न आएको हो ।

यस्तो समुह व्यस्त एवं भिडभाड हुने क्षेत्र, बसपार्क र सार्वजनिक यातायातमा सक्रिय रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंको मुलपानी बस्ने काभ्रे नमोबुद्ध–५ का ४५ वर्षीय कारसाङ तामाङ छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको हो ।

परिसरका एक अधिकारीका अनुसार चाबहिल चोकमा चक्रपथ चल्ने गाडीमा सवार महोत्तरीका ३५ वर्षीय गणेश महतोलाई औषधि सुँघाएर लुटपाट गर्न खोज्दै गर्दा तामाङलाई नियन्त्रणमा लिइएको थियो । तामाङको गिरोहमा संलग्न थप ३ जनाको पहिचान भएको छ । यद्यपि, उनीहरु फरार छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्