सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छाती दुखेपछी डा.गोविन्द केसी अस्पताल भर्ना

अत्यधिक छाती दुखाइका कारण डा.गोविन्द केसी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोराक्सिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू कक्षमा भर्ना भएका छन् ।

सोमबार बिहान छातीमा केही असहज महसुस भएका कारण उनी अस्पतालको इमरजेन्सीमा देखाउनका लागि गएका थिए । उनी निकट रहेका डा. अभिषेक सिंहका अनुसार डा. केसीलाई केही दिन यता राम्रो निद्रा परेको थिएन र छातीमा पनि अप्ठ्यारो महसुस भएको थियो ।

उनले भने–‘बिहान इमरजेन्सीमा डा.अरुण सायमीले उहाँको स्वास्थ्य परिक्षण गर्नुभयो । अब्जर्बेसनका लागि सीसीयूमा नै बस्नुपर्ने सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो ।’

फाईल तस्विर

फेसबुकबाट कमेन्ट गर्नुहोस्