सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सनसनी खुलासा ! पर्यटकलाई गाँजासँगै सेक्स सुविधा

लैनचौर र ठमेलका निम्न मुल्यका गेस्ट हाउस तथा ‘पेइङ गेस्ट हाउस’मा आजभोली विदेशी जोडीको लामो वास हुने गरेको छ । बासमात्र होइन गाँजाको सप्लाई र लामो सहवासको व्यवस्था समेत हुने गरेको भेटिन थालेको छ ।

नेपालका विभिन्न ठाउँमा भ्रमण गराउने बहानामा युवाहरूको फरक–फरक समूहले विदेशी पर्यटकको ठूलो समूहलाई नेपालमा भित्र्याएर यस्तो सुविधा उपलव्ध गराउँदै आएका छन् । ठमेलका एक स्पेनिस गाइड भन्छन्–‘उनीहरू सहज ढंगले गाँजा खोज्छन् र सेक्सका लागि उपयुक्त ठाउँ पनि माग्छन् । खुलेरै उनीहरूको यो डिमान्ड पुरा गर्नुपर्छ ।’

१८ देखि २४ बर्ष ननाघेका विदेशी युवायुवतीको संख्या नेपालमा ह्वात्त बढ्नुको कारण पनि यहि हो । इन्टरनेटका विभिन्न माध्यमबाट नेपालीसँग उनीहरूको परिचय बन्ने र यस्तो सुविधाका लागि सस्तो खर्चमा नेपाल आउने गर्छन् ।

‘हामीले दिन सक्ने सुविधा दिएर लिनसक्ने फाइदा लिने नै हो । उनीहरू खर्च गर्न रुचाउँछन् भने हामीले त्यसको सदुपयोग गरिदिएका हौँ ’, एक युवाले भने–‘त्यसमा उनीहरूको खुशीअनुसारको व्यवस्था हुन्छ ।’

नेपालमा बढिरहेको विदेशी यौन व्यावसायी पनि उनीहरूले खोज्ने गरेका छन् । खासगरी चिनियाँ र भारतीय मूलका यौन व्यवसायीको खोजी त्यस्ता समूहबाट हुने गरेको बताइन्छ । त्यस्तो व्यवस्था पनि विचौलिया बनेका गाइड वा साथीले गरिदिँदै आएका छन् ।

ति युवाले भने–‘उनीहरू व्यक्तिगत सम्बन्धका आधारमा आएका कारणले कुनै ट्राभल एजेन्सीसँगको सहकार्य हुँदैन, हामी सस्ता गेस्ट हाउसमा राखेर सुविधा दिने प्रयास गर्छौं ।’ गाँजा पिएपछि विदेशी युवा युवतीहरू सहवासका लागि मन पराउँछन् । त्यस्तो सुविधा दिलाएवापत नेपाली युवाले हजारौं डलर संकलन गर्दै आएका छन् ।

त्यसो त नेपाल प्रहरीले मुलुकका कतिपय ठाउँमा यस्तो समूहसहित विदेशी नागरिकलाई पक्राउ गरेको थियो । गएको १६ कात्तिकमा अर्घाखाँचीको बुङ्ची खोला किनारमा निजी जग्गामा टेन्ट हालेर बसेका अर्धनग्न, विदेशी नागरिक यौनजन्य कार्यकलापसहित गाँजा पिएको अवस्थामा प्रहरीले भेटेको थियो ।

अमेरिका, अस्ट्रेलिया, इजरायल, पोल्यान्ड र भारत लगायतका ४० देशका ७० जना जति ति विदेशी डक्टर, इन्जिनियर, कोही बैंकर्स पनि थिए । उनीहरूलाई त्यसरी सुविधा दिनेमा ललितपुरका सुशान्त पौडेल, कपिलवस्तुका मोतिराम गैरे, बाराका दीपेन्द्र सोनार र शालिकराम पोखरेल थिए ।

प्रहरीले विदेशीलाई आ–आफ्नो देश पठायो भने चार जना नेपालीलाई नियन्त्रणमा लिएर कारवाही गरेको थियो । उनीहरू धरौटीमा छुटेका थिए । ट्रान्स तथा रेभ पार्टी आयोजनामा समन्वय गर्ने वेबसाइट र सामाजिक सञ्जालमा फेला परेका तस्बिर र दृश्यले पछिल्लो समय विश्वका विभिन्न देशमा छरिएर रहेका यस्तो समूहका सदस्यमाझ नेपाल नयाँ गन्तव्य बनिरहेको छ ।

स्रोतका अनुसार यस्तो सुविधा दिने आयोजकले वेबसाइट, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको उपयोग गर्ने गरेको देखिएको छ । एक साताको डिजिटल खोजमा यस्ता दर्जनौंभन्दा बढी फेसबुक पेज फेला परे जसको लक्ष्य ट्रान्स पार्टीको प्रचारप्रसारमा प्रयोग भइरहेका थिए ।

साइबेन्टडटओआरजीमा रहेको विवरण अनुसार नेपालमा २०१८ मार्च २३ देखि २७ (२०७४ चैत ९ देखि १३) सम्म शक्ति पिक फेस्टिभलको नाममा ट्रान्स पार्टीका नाममा समूहगत रूपमा विदेशी बोलाइएको थियो । फ्रान्सकी लिजा टोरमन, युएइका केभिन बेनी, अस्ट्रेलियाकी नताशा, बैंगलोरका राहुल नेगीले लगायतका यसमा सहभागी भएको पुष्टि भयो ।

त्यसो त व्यक्तिगत सम्बन्धका आधारमा आएकी अमेरिकी नागरिक लिजा गाँजाकी पारखी थिइन् । उनी नेपालका एक युवासँग गाँजाको सुलभ उपयोगका लागि नै भ्रमणमा आइन्, १५ दिन बसेर फर्केकी छन् ।

ति बाहेक जर्मनका युवायुवती पनि गाँजाको उपयोग गर्नका लागि नेपाल आउने गरेका छन् । उनीहरूले नेपालका पार्टीमा मात्र होइन, पब र क्लवमा गएर नेपाली तथा विदेशी युवतीसँग सहबासका लागि पनि माग गर्छन् जसका लागि पैसा तिर्न तयार हुन्छन् ।

प्रहरीले आपराधिक कामबाहेक भ्रमणमा आएका यस्ता विदेशीमाथि त्यति धेरै निगरानी राखेको हुँदैन । खासगरी पर्यटक प्रहरीको जनशक्ति कम भएका कारणले पनि विदेशी नागरिकले नेपालमा कस्तो क्रियाकलाप गरिरहेका छन् भन्ने हेक्का राख्न प्रशासनलाई मुस्किल भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्