सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

छिमेकीले कुखुराको खुट्टा भाँचिदिएपछी प्रहरीकोमा उजुरी

मानिसको शरीरमा चोटपटक लागेमा प्रहरीमा उजुरी पर्नु सामान्य हो । तर बाँकेमा झण्डै दुई किलोको कुखुराको भालेको खुट्टा भाँचिदिएको भन्दै एकजनाले छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर –२१, बिर्ताका मोहम्मद रफिकले स्थानीय अकबाल खाँले आप्mनो कुखुराको खुट्टा भाँचिदिएको भन्दै कारबाहीका लागि प्रहरीमा उजुरी दिनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्राङ्गणमा सोमबार दिउँसो भएको छलफलमा मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर बिष्टले सोमबार दिनभर दुवै पक्षलाई सहमतिका लागि प्रयास गरे पनि मिलाउन नसकेको भन्दै मङ्गलबार फेरि छलफलका लागि बोलाइएको बताउनुभयो ।

सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा एक गर्भवती बंगुरलाई अर्को बंगुरले शारीरिक सम्पर्क राखेपछि गर्भमा रहेका बच्चा मरेको भन्दै क्षतिपूर्तिको मागसहित उजुरी परेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्