नेपालका पत्रकारमाथि जर्मनी गुप्तचरको निगरानि
जर्मनीको वैदेशिक गुप्तचर संस्थाले नेपालका पत्रकारहरुको झण्डै दुई दशकदेखि निगरानी गर्दै आएको खुलेको छ । जर्मनीको गुप्तचर संस्था बीएनडीले संसारभरका पत्रकार र पत्रिकामाथि निगरानी गरिरहेको र उनीहरुको फोन, फ्याक्स र इमेल हेरिरहेको जर्मनीबाट प्रकाशित हुने डेर स्पिगल नामक पत्रिकाले खुलासा गरेको छ ।
डेर स्पिगलका अनुसार बीएनडीले नेपालका पत्रकार संस्थाहरुको निगरानी गर्दै आएको छ । तर, समाचारमा कुन संस्थामाथि निगरानी गरिएको थियो र केका लागि गरिएको थियो भन्ने केही बताइएको छैन ।
उसका अनुसार बीएनडीले कम्तिमा पनि ५० वटा फोन, फ्याक्स र इमेलमाथि सन १९९९ देखि निगरानी गरिरहेको समाचारमा दाबी गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
अफगानिस्तानमा रहेको न्यूयोर्क टाइम्स, अफगानिस्तान, पाकिस्तान र नाइजेरियामा रहेको रोयटर्स, जिम्बावेको द डेली न्यूज अफ जिम्बावे र नाम नखुलेका कुवेत, लेवनान र भारतमा रहेका संस्थाहरुको निगरानी गरिएको थियो ।
यो समाचार लेख्ने तीन मध्येका एक मार्टिन क्नोवले आफूले बीएनडीको त्यो लिष्ट देखेको तर, आफूसँग नभएको बताएका छन् । उनका अनुसार बीएनडीलाई यस विषयमा प्रश्न गर्दा सँधै भन्ने गरेको कुरा दोर्होयाएको छ ।
‘बीएनडी कसैप्रति उत्तरदायी छैन । सरकार वा संसदले प्रश्न गरेमा मात्र उत्तर दिन बाध्यकारी छ,’ डेर स्पिगलले भनेको छ कि, अमेरिकामा राष्ट्रिय सुरक्षा एजेन्सीले अमेरिका बाहिर पनि निगरानी गरिरहेको सूचना आएसँगै जर्मनीको गुप्तचर निकायमाथि पनि शंका उब्जिएको थियो ।
अमेरिकाले जर्मन चान्सलर एन्गेला मर्केलको व्यक्तिगत फोनको पनि निगरानी गरेको कुरा खुलासा भएपछि जर्मनीमा यो विषयले ठूलै महत्व पाउन थालेको थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्