सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

बसमा पाकेटमारेको पैसाले विदेशी युवतीसँग सेक्स

केहि दिन अघि काठमाण्डौ प्रहरी परिसरले करिब ५० जना सादा पोषाकका प्रहरीलाई परिचालन गरेर यातायात व्यवसायीको समन्वयमा राजधानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७१ जनालाई पक्राउ गर्यो ।

अपरेसनका क्रममा बस र माइक्रो बसका यात्रुको पाकेट र झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै ७७ जना पक्राउ परेको परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

पक्राउ परेकामध्ये केहीमाथि प्रहरीले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेका छन् । परिसरको हिरासतमा रहेका ७७ जना पाकेटमारमध्ये एक जनाले चोरेको पैसा यौनप्यास मेटाउन खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।

परिसर प्रमुख वसन्त लामाले भने–‘अहिले पक्राउ परेकामध्ये एक जना पाकेटमारको उठबस विदेशी महिलासँग देखियो । राजधानीका राम्रा होटलमै पुगेर उनले यौनप्यास मेटाउन चोरीको पैसा खर्च गर्ने गरेको भेटियो ।’

लामाले अगाडी भने–‘पाकेट मारेको पैसा राजधानीकै नाम चलेका होटलमा रातिको समयमा गएर विदेशी र उच्च जीवनशैली भएका महिलासँग मस्ती गर्ने गरेको हाम्रो अनुसन्धानबाट खुलेको छ ।’

यद्यपि लामाले पक्राउ परेकामाथि अनुसन्धान जारी रहेकाले आरोपितको नाम खुलाउन नसकिने बताएका छन् । बाध्यता मात्रै नभई सोख पूरा गर्न पढेलेखेकै युवा पनि पाकेटमारीमा लागेको उनको भनाइ छ ।

केही पाकेटमार सार्वजनिक बस र माइक्रो बसका यात्रुको पैसा, सुनका गहना र बहुमूल्य सामान चोरेपछि मोजमस्तीका लागि डिस्को र पब चहार्ने गरेको पनि भेटिएको छ । काठमाण्डौ प्रमुख लामाले भने–‘पक्राउ परेका केही महिलाको लवाइखवाइ मोडलको भन्दा कम देखिँदैन । तर आपराधिक धन्दामा लागेका छन ।’

एउटा सार्वजनिक बसबाट पक्राउ परेका युवा यसअघि चोरीकै घटनामा १७ पटकसम्म पक्राउ परेको खुलेको छ । पटके चोरीमा पक्राउ पर्दै छुट्दै गरेका ती युवा १८औं पटक पनि पुलिसको फन्दामा परेका छन् । चोरी तथा पाकेटमारीमा सजाय एकदमै कम भएकाले पक्राउ परेकाहरू फेरि पुरानै धन्दामा लागेको पाइएको छ ।

प्रहरीका अनुसार पाकेटमारले २–२ जनाका दरले ६ जनासम्मको समूह बनाई बस र माइक्रो बसभित्र छिरेर पैसा भएका यात्रुको पहिचान गरी चोर्ने गरेका थिए । पाकेटमारको समूहले पैसा भएको यात्रुलाई बसमै अगाडिपछाडिबाट घेराबन्दीमा पारी ठेलाठेलको अवस्था बनाई चोर्ने गरेको अनुसन्धानले देखाएको छ ।

पाकेटमारले व्यवस्थित रूपमा कोडभाषा प्रयोग गर्ने गरेको पनि डीएसपी होबिन्द्र बोगटीले बताएका छन् । पाकेटमारले पैसालाई ‘द’ कोडभाषा प्रयोग गर्थे भने मोबाइललाई ‘कान’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसैगरी जसको पाकेट रित्याइन्छ, उसलाई ‘रामे’ भन्ने गरेका थिए । पकेटमारी गर्नेलाई ‘मास्टर’ र ‘कासी’ भनेर सम्बोधन गरिन्थ्यो ।

पैसा धेरै छ भन्नुपर्दा कोडभाषामा ‘टानको द’ र पैसा थोरै छ भन्नुपर्दा ‘जुटको द’ भन्ने गरेको खुलेको छ । त्यसैगरी यो समूहले गाडीलाई कोडभाषामा ‘काँचा’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लगेको छ ।

त्यसैगरी केटालाई कोडभाषामा ‘छापा’ भन्ने गरेको खुलेको छ । केटीलाई ‘भद्री’ र पुलिस आयोलाई उनीहरूले ‘ठुल्दाइ’ आयो भन्ने गरेका थिए । ड्राभइरलाई ‘माम’ भन्ने उनीहरूले खलासीलाई ‘मले’ भनेर कोडभाषामा चिनाउँथे ।

यो समूहले पाकेट रित्याएपछि भाग्ने क्रममा पनि कोडभाषा नै प्रयोग गर्थे । उनीहरूले गाडीबाट झरेर भागलाई ‘टप्की’, गाडीभित्र अगाडि सरलाई ‘अकल जाई’ र गाडीभित्र पछाडि सरलाई कोडभाषामा ‘चिछल जा’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्