मातातिर्थमा १५ बर्षिया किशोरी सामुहिक बलात्कृत
काठमाडौंको चन्द्रागिरी नगरपालिका–६, मातातीर्थमा १५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको समाचार सार्बजनिक भएको छ । बालिकामाथी बुधबार बेलुकी सामूहिक बलात्कार भएको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
महानगरीय प्रहरी वृत्त, थानकोटले घटनामा संलग्न भएको आशंकामा कैलालीको अत्तरिया–६ घर भएका ३३ वर्षीय डब्बलबहादुर बोहोरासहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।
![](https://everestwall.com/wp-content/uploads/2017/06/gang-rape.jpg)
वृत्तका प्रमुख डीएसपी कुमार विक्रम थापाले जाहेरी आएको उल्लेख गर्दै अनुसन्धान थालिएको पुष्टि गरेका हुन । डिएसपी थापाले भने–‘जाहेरी परेपछि बालिकालाई स्वास्थ्य परीक्षणका लागि पठाएका छौं । विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ जाहेरीमा धम्की दिएर बालिकामाथि जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्