सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दाङको राम्रीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा नै मृत्यु भएको बताईएको छ । सल्यानमा वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै गरेको शहिद कृष्ण सेन इच्छुक राप्ती प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकबाट तल खसेर सडकबाट देख्न नसक्ने अवस्थामा पुगेको थियो । ९ महिला र २१ जना पुरुष सवार बसमा के कति हताहती भयो भन्ने खुल्न बाँकी छ । तर प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार १ महिला र ९ पुरुषको शव घटनास्थलमा पाइएको छ । घटनाको आधिकारीक विवरण आउन भने बाँकी नै छ ।

घटनामा परेकाहरुको उद्दार कार्य जारी राखिएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारका लागी तुल्सीपुर ल्याइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । बसमा सवार विद्यार्थी तथा शिक्षकहरु सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्