दाङ दुर्घटनामा ज्यान गुमाउनेको संख्या १६ पुग्यो
दाङको तुलसीपुर ३ स्थित राम्री नजिक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको बताईएको छ । सल्यानमा वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै गरेको शहिद कृष्ण सेन इच्छुक पोलिटेक्निकल ईन्स्टिच्युटका शिक्षक तथा विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो ।
बस सडकबाट ६७ सय मिटर तल खसेर सडकबाट देख्न नसक्ने अवस्थामा पुगेको थियो । दुर्घटनास्थलमा १३ जना पुरुष र ३ जना महिलाको शब फेला परेको दाङ प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका ११ जनालाई उपचारका लागी राप्ति अञ्चल अस्पताल लगिएको छ । घाईतेमध्ये केहीको अबस्था चिन्ताजनक रहेको छ ।

बसमा ३४ जना बिद्यार्थी, २ जना शिक्षक र एक जना ड्राईभर सवार थिए । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । बसमा सवार विद्यार्थी तथा शिक्षकहरु सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कँदै थिए ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्